दमकका कोरोना उपचार केन्द्र शुरुसंगै कोराना जाँच पनि तिब्र
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकको काभिड अस्पताल शुर गरेसगै तिब्र रुपमा नगरपालिकाले कोरोना जाँच पनि अघि बढाएको छ । शंकाश्पद कोरोना संक्रमितको निशुल्क रुपमा कोरोना जाँचलाई तिब्रता दिएको छ ।
कोभिड अस्पताल परिसरमा नै स्वाब संकलन गर्ने गरिएको दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीले बताएकीछन् । विहिबार विहान पनि स्वाब परिक्षणका लागि सार्वजनिक आह्वान गरिएको छ । प्रोटोकल अनुसार संक्रमण शंका लागेको स्वाब सकलन हुने जनाईन्छ ।
उनका अनुसार कोभिड अस्पतालमा कोराना लागेका विरामीलाई राखेर उपचार पनि शुरु गरिएको छ । केहि दिन अघि दमक २ स्थित बेलडाँगी शिविर नजिकै कोरोना संक्रमितको उपचारका लागि दमक अस्पताल मातहतमा कोरोना उपचार केन्द्र शुरु भएको हो ।
दमक अस्पतालले कोरोना संक्रमितका लागि उपचारका लागि तथा कोरोना उपचारका लागि विशेषज्ञ सहित स्वास्थयकर्मी समेत राखेको छ । स्थानीय तहले कोरोना संक्रमितको उपचार तथा जाँचमा केहि नगरेको भन्दै आरोप लाग्दै आएको थियो ।
३० बेड क्षमताको कोरोना उपचार केन्द्र शुरु भएपछि यहाँ संक्रमितहरु राख्न थालिएको बताईन्छ । सबै बेडहरुमा अक्सिजन र ४ वडा बेडमा एचडियु सेवा पनि शुरु गरिएको उपप्रमुख अधिकारीले बताएकीछन् ।
