२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकस्थित वडा नं. ६ का वडाध्यक्षलाई कोरोना संक्रमण भएपछि वडा कार्यालयका सबै सेवा बन्द भएकाछन् । वार्ड कार्यालयले सूचना जारी गर्दै वडा कार्यालय बन्द गरिएको जानकारी दिएको छ ।

वडाध्यक्ष टेकबहादुर थापाले सामाजिक सञ्जाल फेसबुकमा आफुलाई कोरोना पोजेटिभ भएको उल्लेख गरेर आफुसंग सम्पर्कमा आएकालाई सावधानी अपनाउन अपिल पनि गरेकाछन् । २८ गते शुक्रबार वार्ड कार्यालय बन्द रहनेछ । त्यो पछि तिहारको सरकारी विदा रहेको छ ।