२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकस्थित सरकारी अस्पतालको औषधि राखेको स्टोरमा आगलागि भएको छ । शनिवार दिउसो आगलागि हुँदा झण्डै करोडबराबरको औषधि क्षति भएको बताईएको छ ।

दमक अस्पतालको सेवा विस्तार र विरामीको चाप बढिरहेको समयमा भएको आगलागिले चिन्तित तुल्याएको अस्पताल ब्यवस्थापन समितिकी अध्यक्ष समेत रहेकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताएकीछन् ।

अढाइ बजेतिरको समयमा आगलागि भएको र तत्कालै दमक नगरपालिकाबाट दमकल पुगेकाले आगो नियण्त्रण समयमा नै भएको जनाईएको छ । भवनमा भने खास ठुलो क्षति नभएको तर औषधि धेरै नै काम नलाग्ने भएको अस्पतालले जनाएको छ ।

दमक नगरपालिका उपप्रमुख एवं अस्पताल ब्यवस्थापन समिति अध्यक्ष गीता अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकीछन्-

दैवले पनि साथ नदिदा मानवलाई काम गर्न गार्‍हो हुँदाे रहेछ ! आज दमक अस्पतालमा विपत्ति आई लाग्याे ! दुखद घट्ना घट्याे !
स्वास्थ्य क्षेत्रमा सर्वसाधारणकाे पहुँच पुर्‍याउनुपर्छ भन्ने मान्यताका साथ १५ बेडकाे दमक नगरपालिकाकाे मातहतमा रहेकाे एक मात्र सरकारी अस्पतालकाे व्यवस्थापन हेर्ने गरि अस्पताल विकास समितिकाे अध्यक्ष काे जिम्मेवारी नगर कार्यपालिका बाट पाए पश्चात् अस्पतालकाे सेवा सुविधा विस्तार गर्न आफ्नाे क्षमताले भ्याए सम्म जुटिरहे ! समितिमा रहनु हुने सबै पदाधिकारीहरुकाे साथ सहयाेग र अस्पतालका मे.सु.लगायत सबै स्वास्थ्यकर्मीहरु, कर्मचारीहरुकाे अहाेरात्र मेहनतबाट पुरानाे बक्याैता ऋण तिरेर अस्पताल आफैले व्यवस्थित फार्मेसी संचालनमा ल्याउन सफल भएकाे छ ! अव्यवस्थित र जिर्ण रहेकाे भवनबाट स्वास्थ्य सेवा विस्तार गर्न गार्‍हो भएकाेले सुविधा सम्पन्न अन्डरग्राउन्ड पार्किङ सहितकाे भवन निर्माणको लागि हाम्राे अनुराेधमा संघिय सरकारबाट बजेट विनियाेजन भई सम्माननिय प्रधानमन्त्रीज्यूबाट शिलान्यास भई निर्माण कार्य भईरहेकाे छ ! रिफर सेन्टर जस्ताे मात्र हुनलागेकाे अस्पतालमा विभिन्न विधाकाे विशेषज्ञ सेवा का साथै पाेष्टमार्टम सेवा, ईमर्जेन्सी सेवा, बर्थिङ सेवा, डेन्टल सेवा, व्यवसथित ल्याव, डिजिटल एक्सरे, भिडियो एक्सरे, हार्ड जाेर्नी सर्जरीका साथै विभिन्न विधाकाे सर्जरी सेवा दिन सफल हुँदै आएकाे यसअस्पतालले काेभिड १९ काे माहामारी मा पनि आफ्नाे उपस्थिति जनाउदै ज्यानकाे बाजि लगाएर सबै स्वास्थ्यकर्मी, कर्मचारीहरु काेभिड विरामीकाे उपचारमा खटिरहनु भएकाे छ ! करिव ३००- ४०० विरामी दैनिकी ओपिडीमा उपचार गर्दै गरेकाे, बामे सर्दै भर्खरै खुट्टा टेकेर हिड्न खाेज्दै गरेकाे यस अस्पतालमा आज बिद्धुत सर्ट भई ए.सी पड्केर ओैंषधि राखिएकाे काेठामा आग लागि भई करिब ६०-७० लाख बराबरकाे सामाग्री नष्ट हुन पुगेकाे छ ! यस्ले आज ज्यादै दुखी बनाएकाे छ ! समयमा नै दमकल नपुगेकाे भए आज अझ ठूलाे क्षति हुने थियाे ! धन्न मानवीय क्षति हुन पाएन ! आगाे निभाउन जुट्नु हुने सम्पूर्णलाई धन्यवाद दिन चाहान्छु ! सम्पूर्ण अस्पताल परिवार हताेत्साहित नभई एकजुट भएर अस्पताललाई अगाडी बढाउन दृढताका साथ लागि पर्ने संकल्प सहित सबैबाट साथ सहयाेगकाे लागी अनुराेध गर्दछु !