२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकमा कोरोना संक्रमणको ग्राफ आकासिएको छ । जिल्लामा सबैभन्दा बढि कोरोना संक्रमितको संख्या दमकमा नै रहेको छ । दमकमा दिनहु कोरोना संक्रमितको संख्या बढ्न थालेको हो ।

शनिवारमात्र दमकमा एकैदिन ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा १३२ जना देखिदा दमकमामात्र ७६ जना रहेकाछन् ।

३१ महिला र ४५ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । छिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ।