२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि
दमक/ झापाको हल्दिबारीमा भएको मोटरसाईकल दूर्घटनामा दूइजना गम्भिर घाइते भएपछि प्रतिनिधिसभा सदस्य राजेन्द्र ्र लिङदेनले उद्धार गरेर अस्पताल पुर्याएकाछन् । दूइवटा मोटरसाईकल जुधेका थिए । घटना मंगलवार हो । लिङदेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस सहित घटनाबारे जानकारी पनि गराएकाछन् ।
यस्तोछ उनको स्टाटस-
लापर्वाहीपूर्ण तरिकाले सवारी चलाएका कारण हुने सडक दुर्घट्नाहरू देख्दा असाध्यै दुःख लाग्छ ।
कहिलेकाँही यस्तै दुर्घटनामा परि छटपटाई रहेकालाई उद्दार गरि कसैको जीवन रक्षामा सहयोग गर्न पाउँदा भने गौरव लाग्छ ।
आज त्यस्तै संयोगः
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
# सवारीमा लापर्वाही नहोस्।
# सडकमा कोही छट्पटाईरहेको देख्दा पनि उद्दार गर्न कोही नडराउन भन्नका लागि मात्र ।
@हल्दिवारी ४,जलथल,झापा
भिडियो हेर्न पेजमा जानुहोस-
https://www.facebook.com/prabhabkarikhabar/videos/381000586667714