दमकमा कोरोना संक्रमणबाट १ सहित झापामा ४ जनाको मृत्यु
दमक/ झापाको दमकमा एकसहित झापामा गएको २४ घण्टाको अवधिमा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८ पुगेको जनाईएको छ । दमकमा ५ जना कोरोना संक्रमित थपिएकाछन् ।
दमक सहित जोडिएको कमल गाँउपालिकामा पनि १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोभिड उपचार केन्द्र दमकमा उपचारका लागि ल्याउने क्रममा ति संक्रमितको मृत्यु भएको जनाईएको छ । झापामा आज थप ३० जनामा कोभिड १९ संक्रमण पुष्टि भएंसंगै सक्रिय संक्रमितको संख्या १ हजार ८६ पुगेको स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको छ ।
यसैबीच पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४२ जना कोरोना संक्रमित का छन्। संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।
