श्रीमति अर्कैसंग लागेको र सम्पती हिनामिना गरेको भन्दै दमकका एक ब्याक्तिले गरे श्रीमतिको हत्या
दमक/ श्रीमति अर्कै संग लागेको आरोपमा झापा दमकका एक ब्याक्तिले झापाको कमल गाँउपालिका खेती गएको समयमा आफ्नै श्रीमतीको हत्या गरेकाछन् । आज केहिबेर अघि उनले श्रीमतीको धारिलो हतियार प्रयोग गरेर हत्या गरेकाहुन् । साँझ प्रहरी घटनास्थल पुगेर श्रीमानलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख बिजयराज पंण्डितका अनुसार दमकका चुणामणि भण्डारीले श्रीमति टिकामाया पौड्याल अर्कैसंग लागेको आरोपमा खुुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धनबाट खुलेको छ । श्रीमतिसंगै रहेका अर्का ब्याक्ति घाईते रहेको जनाईएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
