दमकको अहिलेसम्मकै ठुलो आयोजना दमक भ्यू टावर निर्माणले गति लिदै
विष्णुप्रसाद पोखरेल
दमक/ दमकको ३ को निर्माणाधिन भ्यू टावर निरिक्षणका लागि शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ दमक आउने भएकाछन् । सोमबार उनि दमक आउन लागेको बताईएको छ । दमकको अहिलेसम्मकै ठुलो निर्माणाधिन योजना दमक भ्यू टावर हो ।
भ्यू टावरको करिब ३० प्रतिशत काम पुरा भएको बताईएको छ । माटोको सतहभन्दा तलको कम पुरा भएर माथिल्लो तहमा ढलाई गर्ने चरणमा काम आईपुगेको बताईएको छ ।
राष्ट्रिय महत्व र बहुवर्षीय योजनामा रहेको भ्यू टावर कमर्सियल हुने बताईएको छ । चालू आर्थिक वर्षमा पनि संघीय सरकारबाट यसका लागि ४० करोड रुपैयाँ विनियोजन भएको छ। डेढ अर्ब लगानीमा भ्यू टावर बनिरहेको र काम सन्तोष जनक रुपमा अघि बढिरहेको दमक ३ का वडाध्यक्ष नविन बरालले बताए ।
भ्यू टावर चिनियाँ कम्पनी जेसिडिआइइसी र नेपाली कम्पनी आशिष ओमसाई जेभीले जिम्मा लिएको छ । भ्यू टावर निर्माणका लागि स्थानीयले ५ बिगाह जग्गा निशुल्क रुपमा प्रदान गरेकाछन् । भ्यू टावर चाडो बनोस भन्ने स्थनीयको माग रहेको छ ।
२५ तला पक्की संरचना बन्ने त्यसमाथि थप ५ तलाको स्टिलको संरचना बन्ने जनाईएको छ । यो भ्यू टावर पर्यटकीय हिसावसंगै ब्यवसायिक रुपमाले समेत हेरिएको जनाईदै आएको छ । यहाँ सपिङ कम्लेक्स लगायत रेष्टुरेन्टहरु पनि रहनेछन् । भ्यू टावर आसपासमा पार्क पनि बन्नेछ ।
https://www.facebook.com/prabhabkarikhabar/videos/212555080261614
