दमकका युवा नेता गगन पुरी काठमण्डौबाट पक्राउ, पार्टी भित्रको अन्तरबिरोधमा सत्ता र कानुनको दुरुपयोग-पुरी
दमक/नेकपामा युवा नेता गगन पुरी पक्राउ परेकाछन् । सम्पत्ति शुद्धिकरण अनुसन्धान बिभागले पुरीलाई नियण्त्रणमा लिएको जनाईएको छ । पुरीले आफुलाई राजनीतिक प्रतिशोध साध्नका लागि षडयन्त्र हुँदै आएको बताउदै आएका थिए ।
उनि काठमण्डौबाट पक्राउ परेको जनाईएको छ । पुरीलाई बयानका लागि बिभागले काठमण्डौ बोलाएको र बयान लगत्तै थप अनुसन्धानका लागि भन्दै नियण्त्रणमा लिईएको बताईन्छ ।
पुरीले सामाजिक सञ्जालमा अस्पष्ट रुपमा यस बिषयमा लेखेकापनि छन् । उनले लेखेकाछन्- पार्टी भित्रको अन्तरबिरोधमा सत्ता र कानुनको दुरुपयोग।धन्यबाद मेरो सरकार।
