सामुदायिक विद्यालयमा स्वच्छ खानेपानी र सरकारी तथा सामुदायिक अस्पतालमा स्वास्थ्य सामाग्रि पुर्याउदै वर्क फर नेपाल
दमक/ झापाको कमलमा सामाजिक काममा अग्रसर रहेको वर्क फर नेपाल नामक संस्थाले झापा जिल्लाभर स्वास्थ्य र खानेपानीको क्षेत्रमा आफ्ना कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अघि बढाएको छ । सामुदायिक विद्यालयहरुमा स्वच्छ खानेपानी र सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई अन्तराष्ट्रिय मापदण्डका स्वास्थ्य सामाग्रिहरु प्रदान गर्दै आएको छ ।
वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीका अनुसार पछिल्लो समयमा १ मदरसा र ५ वटा सामुदायिक बिद्यालयमा वाटर ट्रिटमेन्ट प्लान्ट र बायोस्याण्ड फिल्टरको ब्यवस्थापन गरिदिएको छ । वाटर फर लाईफ परियोजना अन्र्तगत यो ब्यवस्थापन गरिएको अधिकारीले बताए ।

हेल्पिङ्ग हेण्ड फर रिलिफ डेभलपमेण्ट नेपाल (HHRD NEpal)को यसमा सहयोग रहेको छ । यसभन्दा अघि पानी स्वच्छ पानीका लागि बिभिन्न परियोजनाहरु सञ्चालन भएको थियो । अहिलेसम्म १६ वटा बिभिन्न बिद्यालय र कमल गाउपालिकाको कार्यालयमा खानेपानीको प्लान्ट हस्ताण्तरण गरिसकेको छ ।
अति बिपन्न परिवारलाई खाद्यन्न बितरण, न्यानो कपडा उपलब्ध गराउने लगायतका कार्यक्रमहरु पनि भएको वर्क फर नेपालका कोषाध्यक्ष दीनेश संग्रौलाले बताएकाछन् । यसबाट करिब २ सय घरपरिवार लाभान्वित भएको पनि उनले जनाए ।
कमल गाँउपालिकामा सीप मूलक तालिम सञ्चालन पनि गरिएको र यो बर्ष पनि यो कार्यक्रम रहेको जनाईएको छ । स्थानीयस्तरमा रोजगार सिर्जना हुने किसिमका सीप मूलक तालिम पनि आफुहरु प्राथमिकता भएको संग्रौलाले बताएकाछन् ।
यसभन्दा अघि दूइकरोड भन्दा बढिको अस्पतालजन्य सामाग्रिहरु सरकारी दमक अस्पताल, सामुदायिक आम्दा अस्पताल, मेची अञ्चल अस्पताल लगायत अन्य प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई उपलब्ध गराईएको र यो बर्ष पनि यो कार्यक्रम रहेको वर्क फर नेपालका अध्यक्ष अधिकारीले जनाएकाछन् ।

