२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापा दमकका विद्यालयहरु खुल्न थालेकाछन् । दूई सिफ्ट पारेर बिद्यालयहरुले आफ्ना कक्षाहरु सञ्चालन गर्न थालेकाहुन् । आवश्यक स्वास्थ्य सावधानी अपनाएर विद्यालयहरु शुचारु गर्नका लागि नगरपालिकाले पनि स्वीकृत दिएको छ ।

आवश्यक स्वास्थ्य सावधानीहरु अपनाएर र मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न भनेका छौ, नगर शिक्षा अधिकारी दिनेश न्यौपानेले भने । हामी अनुगमन पनि गर्छौ र हेल्चेक्राई भएको पाईए कार्वाही पनि हुन्छ, उनले थपे ।

लामो समयदेखि बिद्यालय बन्द हुँदा बालबालिकामा पढाईमा अरुचि शुरु भएको थियो । अनलाईनको माध्यमबाट हुने पढाई प्रभावकारी थिएन । भौतिक रुपमा उपस्थिति गराएर पढाउन अभिभावकको पनि सम्बन्धित बिद्यालयहरुलाई दबाब दिदै आएका थिए ।