झापामा काँग्रेसको शक्ति प्रर्दशनमा ब्यापक सहभागिता
दमक/ सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेतादेखि लिएर कार्यकर्ताहरु गुटभेला र बैठकमा ब्यस्त रहदा झापामा नेपाली काँग्रेसले शक्ति प्रर्दशन गरेको छ । नेपाली काँग्रेसको शक्ति प्रर्दशनमा ब्यापक सहभागिता देखिएको छ । विरोध कार्यक्रम मार्फत सरकार बिरुद्धको आक्रोश काँग्रेसले पोखेको छ ।
काँग्रेस महामन्त्री डा. प्रकाशरण महत ले अहिलेको सरकारबाट जनताले गरेको अपेक्षा पुरा नभएको बताए । उनले मूलक बर्बादीतर्फ उन्मूख बन्दै गएको भन्दै काँग्रेसले खबरदारी शुरु गरेको उनको भनाई रहेको थियो ।
झापाको दमक लगायतका प्रमुख क्षेत्रहरुबाट मोटरसाईकल तथा गाडिमा काँग्रेसका नेता कार्यकर्ताहरुको उक्त विरोध कार्यक्रममा सहभागिता रहेको थियो । प्रधानमन्त्री ओलीको गृह जिल्लामा भएको यो कार्यक्रमलाई काँग्रेसले महत्वका साथ हेरेको थियो ।तस्विर-आमसञ्चार
