२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट राष्ट्रपतिलाई प्रतिनिधि सभा बिघठनको सिफारीस गरेसंगै राजनीतिक तरंग उत्पन्न भएको छ । राष्ट्रपतिले सिफारीस सहित निर्वाचनको घोषणा गरेपछि यसको पक्ष र बिपक्षमा नै बहस शुरु भएको छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पनि यस बिषयमा बहस शुरु भएको छ । यदि बैशाखमा निर्वाचन भएमा केपी शर्मा ओली नै यस क्षेत्रबाट निर्वाचन उठ्लान की नउठ्लान ? अन्य राजनीतिक दलबाट को उम्मेद्वार बन्ला भन्ने चर्चा पनि शुरु भएको छ ।

यद्यपी स्थानीय राजनीतिक दलका नेताहरुले अहिले नै यो बिषयमा चर्चा गर्ने बेला नभएको बताएकाछन् । काँग्रेसका एक नेताले भने निर्वाचन भएको अवस्थामा फेरी पनि एकपटक पहिला ओलीसंग उम्मेद्वार भएर लडेकाले नै पाउन सक्ने बताए ।