दमकमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) फुटपछि नेता कार्यकर्ता तानातान गर्न भ्याईनभ्याई
दमक/ दमकमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा0 औपाचरिक रुपमा फुटेसंगै नेता कार्यकर्तालाई तानातान शुरु भएको छ । स्थानीय स्तरमा दमकमा दुबै पक्षले बैठक तथा भेलाहरु गरिरहेकाछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दमकका थुप्रैलाई केन्द्रिय सदस्य बनाईसकेकाछन् ।
पुर्व एमाले र माओबादी कित्ता छुटिन थालेको छ । पुर्व एमाले माधवकुमार नेपाल र झलनाथ खनाल निकटका कतिपयहरु तटस्थ रहेकाछन् भने कतिपय प्रचण्ड अध्यक्ष रहेको नेकपातर्फको बैठकमा सहभागि हुन थालेकाछन् ।
प्रचण्डले नेतृत्व गरेको नेकपाको जिल्लाको जिम्मेवारी रबिन कोइरालाले पाएकाछन् । यसले गर्दा पुर्व एमालेका नेता कार्यकर्ताहरु प्रचण्डको नेकपामा जाने निश्चित छ । ओली र प्रचण्डको समुह दुबै आफ्नो पक्षमा स्थानीय नेता कार्यकर्तालाई ल्याउन कसरतमा जुटेको बताइन्छ ।
