झिलझिलेमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु, एक घाईते
झापा । झापामा यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बराह क्षेत्र ७ बस्ने २९ वर्षीय ज्ञानेन्द्र तामाङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षीमा मङ्गलवार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले अर्को बसलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आएको प्रदेश १—०२—०४३प ९२१८ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।
मोटरसाइकलमा सवार घाइते तामाङको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार इटहरी १ की सलिना राई गम्भीर घाइते भएकी छन् । उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
