२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ प्रहरी प्रधान कार्यालयले ३० जना एसपीहरूको सरुवा गर्ने क्रममा झापाको प्रहरी प्रमुखको पनि सरुवा भएको छ । मंगलबार प्रहरी महानिरीक्षकस्तरीय बैठकले एसपीहरूको सरुवा गर्ने क्रममा झापाको प्रहरी प्रमुखमा एसपी सानुराम भट्टराईले जिम्मेवारी पाएकाछन्।

भट्टराई डिएसपी हुँदासम्म प्रधानमन्त्री केपी शर्मा ओलीका पिएसओ रहेका थिए । झापाका एसपी कृष्णराज कोइरालाको काठमण्डौमा सरुवा भएको छ । मध्यावधि निर्वाचन घोषणा भएको अवस्थामा अहिलेको सरुवालाई महत्वका साथ हेरिएको छ