२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा आगलागिमा परेर एकजनाको मृत्यु भएकोछ । भुटानप् शरणार्थी शिविरमा रहेको एक छाप्रोमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको बताईएको छ।

शिविर प्रमुख सुरेन्द्रराज दाहालका अनुसार मृत्यु हुनेमा शिविरको सेन्टर डी छाप्रा नम्बर ३२५ का ७६ वर्षीय देशमान राई रहेकाछन् । अपाङ्गता भएका उनि आगोलागि हुँदा भाग्न नसक्दा जलेर ज्यान गएको पनि जनाईएकोछ ।

उक्त घरमा अन्य २ जना रहेपनि भाग्न सफल भएर बाँचेको पनि स्थानीयको भनाई रहेको छ । सोमबार साँझ आगलागि भएको थियो । शसस्त्र प्रहरी बल बेलडाँगी बेस क्याम्पका प्रहरीहरु र स्थानीयको प्रयासमा आगलागि नियण्त्रण भएको बताईएको छ ।

आगलागिको कारणबारे अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी सहितको टोली त्यहाँ पुगेको जनाईएको छ ।भुटानी शरणार्थी शिबिरभित्र बारम्बार आगोलागि हुँदै आएको छ । बर्षेनीजस्तो आगलागि हुँदा जनधनको क्षति हुने क्रम रोकिएको छैन ।