२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोक्किदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

ट्राफिक प्रहरीका अनुसार दमकको ताराबारी एरियामा पूर्वबाट पश्चिम जाँदै गरेको मे १ च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरित दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

बिहान करिब पौने १० बजे भएको सो दुर्घटनामा अटो रिक्साका चालक उर्लाबारी ४ का ५० बर्षिय विरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाईते भएका छन । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।-निष्कर्ष न्यूज