२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ लायन्स क्लव अफ दमक लखनपुर, गरिमा, दमक मिडटाउन र एक्टिभ साथै लियो क्लव लखनपुरले मंगलवार एक कार्यक्रमबीच मोरङ जिल्ला मिक्लाजुङ गाउँ पालिका वडा नं. ६ स्थित जनता माध्यमिक बिद्यालयमा अध्यनरत,आर्थिक बिपन्न तथा शारिरिक रुपमा असक्त बिद्यार्थीहरुलाई न्यानो कपडा, म्याट, सेनेटरि प्याड, पुस्तक, झोला र स्टेसनरी सामाग्रीहरु उपलब्ध गराएको छ ।

लायन्स क्लब इन्टरनेशनल ३२६ ए वानका मल्टिपल काउन्सिल चियर पर्सन राजन खत्री, डिस्ट्रीकका भाइस गभर्नर रेवत कार्कीको उपस्थितिमा शैक्षिक सामाग्रिहरु सहित विद्यालयमा आवश्यक पर्ने सामाग्रिहरु प्रदान गरिएको जनाईएको छ ।

जोन चियरपर्सन ज्ञाननाथ पौड्यालका अनुसार गरिबी कारण जाडोमा विद्यार्थीहरु बिद्यालय आउन नसक्ने अवस्था देखेर उनिहरुलाई केहि हदसम्म सहजहोस भनेर यो कार्यक्रम राखिएको हो ।

लायन्स क्लब लखनपुर दमकका अध्यक्ष हेमसिं अधिकारीले आफुहरु जहाँ आवश्यकता त्यहि पुग्ने उदेश्य अनुसार यस क्षेत्रका विद्यार्थीहरुको समस्या टार्न यहाँ पुगेको जनाए । हामी यस प्रकारको सेवामा सधै तत्पर छौ, उनले भने ।