२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ नेपालमा ओरिएन्स दर्ता भइसक्यो र यो कारोबारले मान्यता पायो भनेर यसमा धेरै मानिसहरुलाई भर्ती गरेर यसका उत्पादन विक्री गराउने क्रम बढिरहेका बेला यस्तो सामाग्रि अबैध रुपमा नेपाल भित्रने गरेको रहस्य खुलेको छ ।  यसमा दमकका एक ब्याक्तिको संलग्नता पुष्टि भएपछि प्रहरीले पक्राउ पनि गरेको छ ।

राजश्व छली गरिएका ओरियन्स कम्पनीका अढाई करोड भन्दा बढी मुल्य बराबरको सामान झापाको दमकबाट प्रहरीले बरामद गरेको सार्वजनिक गरेको छ। ८७ लाख रुपैयाँको बिल काँटेर करोडौको सामान ल्याएर भण्डारन गरेको पाईएको प्रहरीले सार्वजनिक गरेको हो ।

इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरेर नै यो बिषय जानकारी गराईएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी सानुराम भट्टराईले दमक ६ स्थित एक घरबाट सामानसहित कम्पनीका सञ्चालक मध्येका एक जितेन्द्र साहलाई पक्राउ गरिएको हो।

काठमण्डौ १६ बालाजुमा दर्ता रहेको ग्लोवल ओरियन्स प्रा.लि.को कागज देखाएर झापा लगायत देशभर ओरियन्सको धन्दा चल्दै आएकोछ । यो रोक्न स्थानीय प्रशासनले अहिले सम्म ठोस रुपमा यसरी कदम चाल्न सकेको थिएन ।

प्रहरीले यस बिषयमा सार्वजनिक गरेको प्रेस नोट यस्तो छ-

 

प्रेष नोट:-

Orien’s कम्पनीका विभिन्न किसिमका Dietary Supplements (खाद्यान्न परिपुरक) समान सहित १ जना मानिस नियन्त्रणमा

मिति २०७७।१०।१० गते दिनको अं.१३:०० वजेको समयमा जिल्ला झापा, दमक नगरपालिका वडा नं.६ स्थित पदम गुरुङको घर भाडामा लिई अवैध रुपमा Orien’s कम्पनीका विभिन्न किसिमका Dietary Supplements (खाद्यान्न परिपुरक) खाद्य वस्तुहरु भण्डारण गरी विक्रि वितरण तथा ओसार पसार गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोली सो स्थानमा खटी गई रितपुर्वक खानतलासी गरी Orien’s कम्पनीका विभिन्न किसिमका Dietary Supplements (खाद्यान्न परिपुरक) खाद्य वस्तुहरु फेला पारी रितपुर्वक वरामद गरि अनुसन्धान गर्दा सो खाद्य वस्तुहरु दमक न.पा. वडा नं.६ वस्ने जितेन्द्र साह समेतले का.जि., का.म.न.पा.वडा नं.१६ बालाजुमा दर्ता रहेको ग्लोवल ओरियन्स प्रा.लि.वाट केही परिमाणका खाद्य वस्तुहरु खरिद गरी ल्याएको हुन सक्ने र ठुलो परिमाणका खाद्य वस्तुहरु भन्सार/राजश्‍व छली गरी ल्याएको भन्ने बुझिन आएको हुँदा, संचालकहरु मध्ये जितेन्द्र साह पक्राउ परेको अन्य संलग्न मानिसहरुको खोज तलास भई रहेको साथै बरामद भएका सामानहरु कुल मुल्य रु. ३,२९,६७,२५०/-–(तीन करोड उनन्तिस लाख सट्सट्ठी हजार दुई सय पचास) रहेकोमा ३३५८ बट्टा समानहरुको मुल्य रु.८७,२६,५२०/-(सतासी लाख छविस हजार पाँच सय वीस) विल भएको तर ९९४३ बट्टाको मुल्य रु.२,४२,४०,७३०/-  बिल नभएको सामानहरु भएको हुँदा पक्राउ परेको व्यक्ति तथा सामानहरु थप अनुसन्धान एवं कारवाहीको लागी मिति २०७७।१०।१४ गते राजश्व अनुसंधान कार्यालय ईटहरीमा पठाईने।

निम्न अनुसारका सामनहरु बरामद गरिएको:-

 

सि.न. सामानको नाम
१  Detoxy One
२ Arthobest .
३ O’Moringa .
४ Total  Antioxidant.
५ Asparose.
६ Furit fiber.
७ Panax Ginseng.
८ Diacare.
९ De-Lipo.
१० Spirulina
११ Tulsi Drops.
१२ Pain Relif.
१३ 7 wonders.
१४ Naturovita.
१५ Calcium.
१६ Nephrofit.
१७ Healthy Slim.
१८ Garnic.
१९ Wheatgrass.
२० Aloevera Juice.
२१ Silajit
२२ Reishi Ganoderma