२०७७ फाल्गुन १३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ हप्ता अगाडि

विष्णुप्रसाद पोखरेल/दमक

मैले जे देखे त्यहि लेखे

 

नेटवर्किङ ब्यवसाय नेपालमा अबैध मानिन्छ । ग्लोवल ओरियन्स नामक सस्थाले भारतमा रहेर नेपालमा ओरियन्सको नेटवर्किङ धन्दालाई निक्कै समय चलायो र अहिले पनि चलाउदै आएकोछ । केहि समययता नेपालमा नै दर्ता भएको भन्दै भ्रम छर्ने पनि काम भएको छ ।

कम्पनी ऐन अनुसार कम्पनी दर्ता गरेर केहि उत्पादनको डिपोहरु खुलेर बिक्री गर्ने भनिएपनि यसले बैधता पाएको भन्दै त्यसैलाई आधार बनाएर धन्दा चलाउदा पनि सरोकारवाला निकायहरुको नजर यसमा नपर्नु रहस्यको बिषय हो । यद्यपी यो हप्ता दमकमा प्रहरीले ठुलो परिमाणमा ओरियन्सको उत्पादन बरामद गरेर यसको जालोमा पस्न खोजेको छ ।

प्रहरीको भनाईमा दमकमा बरामद भएका सामानहरुमध्ये ८७ लाख २६ हजार ५ सय २० रुपैयाँको ३ हजार ३ सय ५८ बट्टा समानहरुको बिल भएको र २ करोड ४२ लाख ४० हजार ७ सय ३० रुपैयाँको ९ हजार ९ सय ४३ बट्टाको बिल नभएको अनुसन्धानबाट खुलेको छ ।

अत्यन्त सस्तोमा महगो एमआरपि बनाएर भारतबाट ओरियन्सका उत्पादन ल्याउने र यहाँ बेच्दा धेरै कमिसन आएपछि टाढाबाठा एवं भद्र भलाद्मी बताउनेहरुले समेत निक्कै पैसा कुम्ल्याएकाछन् । आफन्तले आफन्तलाई नै ठगी गरेर कमाउने माध्यम ओरियन्स धन्दा भएको छ ।

प्रहरी तथा सरोकारवाला निकायले पनि चालपाएर पनि नपाए जस्तो गरेकाले यो धन्दा मौलाउदै गएको हो । त्यसमा पनि नेता तथा सामाजिक अगुवा पनि यसमा रहेपछि उनिहरुको नाम बेचेर दमकमा ओरियन्सका सदस्यहरु बढाउने काम तिब्र रुपमा बढिरहेको छ ।

पूर्वमा यसको नेटवर्क विस्तार र उत्पादन बिक्रीका लागि कम्तिमा ५ हजार युवायुवती खटिएका बताइएको छ। व्यापारमार्फत् रातारात धनी हुने सपना देखाएर प्रलोभनमा पारी यसमा संलग्न गराईने गरेको यसभन्दा अघि बिभिन्न सञ्चारमाध्यमहरुमा समचार पनि आएका थिए ।

७ हजारदेखि १७ हजार रुपैयाँसम्म बुझाएर सदस्य बनेपछि पिरामिडशैलीमा त्यसको सञ्जाल विस्तार गरी औषधि बिक्री गर्ने गरेको बताईन्छ ।छिटो ठूलो पद र धेरै आम्दानी दिने भन्दै १ लाख ५० हजारसम्म सदस्यता शुल्क लिने गरेको यसभन्दा अघि तथ्यहरु सार्वजनिक भएका थिए ।