२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकमा आमहड्तालको प्रभाव खासै नपरेको पाईएको छ । नेकपा प्रचण्ड माधव समुहले घोषणा गरेको आमहड्तालको खासै प्रभाव देखिएन । पसल तथा सरकारी कार्यालयहरु खुला नै रहेका थिए । छोटा दुरीका तथा नीजि सवारी साधनहरु निर्वाध रुपमा कुदेकाछन् ।

आमहड्ताकर्ता नेकपाका कार्यकर्ताहरुले पनि जबरजस्ति कसैलाई गरेनन् । शालिन रुपमा नै देखा परे । बर्षौदेखि दमक बन्द निषेधित बनाउनका लागि साझा प्रतिबद्धता जनाउने कार्य हुदै आएको थियो । यो पटक पनि दमकेलीहरुले आमहड्तालको अवज्ञा गरे ।