२०७७ फाल्गुन १९, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ हप्ता अगाडि

विष्णुप्रसाद पोखरेल

दमक । दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले किशोरकिशोरीहरुमा सामाजिक सञ्जालको दुरुपयोग बढ्दो अवस्थामा रहेको र यसले गर्दा समाजमा विकराल समस्या उत्पन्न हुन थालेको बताउनु भएको छ । उहाँले किशोरीहरुले आफ्नो सुरक्षाका लागि आफै सजग हुनु पर्ने बताउदै सामाजिक सञ्जालमा आफ्नो गोप्य फोटाहरु नपठाउन पनि आग्रह गर्नु भएको छ ।

लियो क्लव अफ दमक गोल्ड र लायन्स क्लफ अफ दमक गोल्डले किशोरीहरुका लागि आत्मसुरक्षा तालिम तथा अभियान कार्यक्रममा बोल्दै अधिकारीले न्यायिक समितिमा यस्ता समस्याको बिषयमा पनि कुरा आउने गरेको बताउनु भएको छ । यस्ता केहि बिषयहरुहरुलाई हामीले भित्रभित्र परिवार बसेर मिलाउनु पर्ने अवस्था पनि आएको छ, उहाँले भन्नुभयो ।

कतिपय बयस्कले बिभिन्न प्रलोभन र लालचमा पारेर पनि किशोरीहरुको गोप्य फोटाहरु लिने र पछि त्यसैलाई आधार बनाएर नाजायज फाइदा उठाउने गरेको पनि भेटिएको छ, उहाँले भन्नुभयो । किशोरकिशोरीहरुलाई मेरो आग्रह छ कसैको प्रभाव वा दबाबमा परेर आफ्ना गोप्य फोटाहरु नपठाउनुहोस र कसैले यस्ता बिषयमा समस्यामा पारेको भए भन्नुहोस, म त्यो समस्या सामधान गर्न लाग्छु, उपप्रमुख अधिकारीले भन्नुभयो ।

लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए वानका एनएलएफ कोअर्डिनेटर अजय अग्रवालले लियो क्लवहरुले पछिल्लो समयमा सामाजिक क्षेत्रमा आफ्नो सक्रियता बढाउदै किशोरकिशोरीहरुको समस्याहरु सामधान तर्फ लागि रहेको बताउनु भयो । किशोरीहरुको आत्मसुरक्षाका लागि तालिम प्रदान गर्ने र बिभिन्न प्रकारका हिंसा विरुद्ध सचेतना फैल्याउने काम गर्नु अनुकरणि छ, अग्रवालले भन्नुभयो ।

लियो क्ल्व अफ गोल्डका अध्यक्ष प्रवेस बास्ताकोटीका अनुसार आफुहरुको स्थापनाको पहिलो बर्षको उपलक्ष्यमा सामाजिक अभियानसंगै किशोरीहरुलाई आत्मसुरक्षा तालिम प्रदान गरिएको हो । आफुहरुमाथि कोहि जाई लागेमा त्यसको प्रतिकार गर्न सक्षम बनाउने उदेश्य हाम्रो हो, उहाँले भन्नुभयो । पहिलो चरणमा यस कार्यक्रममा ५० भन्दा बढि किशोरीहरु सहभागि भएको पनि उहाँले जानकारी दिनु भयो ।