२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ दमक उद्योग बाणिज्य संघको २९ औ साधरण सभाको तयारी पुरा भएको छ । पुरानो आईओएम रहेको ठाँउमा नयाँ खुलेको नेपालीरिका होटल दमक ६ मा साधरण सभा हुँदैछ । सम्पूर्ण ब्यवसायीहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ, अध्यक्ष गोकुल श्रेष्ठले भने ।

उनका अनुसार ब्यवसायीका समस्या तथा बिभिन्न बिषयमा छलफलका लागि सहभागि हुन वाणिज्य संघका सबै सदस्यहरुलाई उनको आग्रह पनि रहेको छ । संघका सदस्य नविनकुमार अग्रवालका अनुसार ब्यवस्थापकीय लगायतका सबै कामहरु पुरा भएको छ । विहान ११ बजेदेखि साधरण सभा हुने उनले बताए ।