२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखे

विष्णुप्रसाद पोखरेल/ दमक

देश फेरी अस्थिरता तर्फ उन्मूख हुन खोजेको भान हुन थालेको छ । फेरि पनि बन्द हड्ताल र जनताले सास्ति खेप्न थालेकाछन् । आन्दोलनको नाममा जनतालाई दुख दिने काम शुरु भएको छ । राजनीतिक स्वार्थका कारण मूलकलाई बन्धक बनाउन प्रयत्न भइरहेको देखिन थालेको छ ।

पछिल्लो घटनाक्रमले गर्दा नागरिकहरुमा निराशा छाएको छ । परिवर्तन होला भन्ने सोचमाथि कुठराघात भएको छ । वास्तवमा नै नेताहरु र अहिलेको राजनीति देख्दा आम सर्वसाधरणदेखि राजनीतिक चेत भएकाहरुलाई पनि झर्को र दिक्दार लाग्न थालेको छ । अझ तल्लो स्तरमा हुने गालिगलौज र वालपनको जस्तो हठ स्वभाव प्रवृती देख्दा दिक्क लाग्दो छ ।

दिनहु हुने बिभिन्न आन्दोलनको कार्यक्रममा र सामाजिक सञ्जालमा देखिएका अस्वच्छ एवं अमर्यादित भनाई तथा बिषय सहि नसक्नुको नै छ । यसले राजनीतिप्रति वितृष्णा र नेताहरुप्रति घृणा जगाईरहेको छ । त्यहि मात्र होइन आफन्त आफन्त र साथिभाईमा नै दुरी बढाइरहेको छ । साथिभाईबीच बोलचाल बन्दमात्र होइन पानी बारबारको अवस्था सम्म देखिएको छ ।

हिजो दुनिया हास्ने गरि एवं पत्याउन नसकिनेगरी प्रंशशा गरेको र भगवान भएको भन्दै ब्याख्या गरेको ब्याक्तिलाई आज राक्षस भन्दा तलको भनेर गालि गर्दा उनिहरुलाई सरम लागेको छैन । सरम जनताले मान्ने अवस्था आएको छ त्यस्तालाई नेता बनाएको र मानेकोमा । राजनीतिमा सरम र इज्वत एवं ईमान्दारिता हुदो रहनेछ भन्ने पछिल्लो घटनाक्रमहरुले देखाइरहेको छ ।

स्थानीय क्षेत्रको विकास र सम्बृद्धिको पक्षमा चुइक्क नबोल्नेहरु अहिले संविधानबिद भएर तर्क गरिरहेको देख्दा झनै आश्चर्य लाग्छ । अनि एकले अर्कोको अस्तित्व र विचारलाई स्वीकार नगरि आफ्नै पार्टी एवं नेताको पक्षपोषण गरेको देख्दा पनि अनौठो लाग्छ ।

विधिको शाषन, मौलिक हकहरुको प्रभावकारी कार्यन्वयन, समानताको अवसर हरेक क्षेत्रमा हरेक नागरिकको पहुँच लगायतका बिषयहरुमा फेरी आन्दोलन गर्नुपर्छ र सडकमा आउनुपर्छ भन्ने सायदैले मात्र सोचेको हुनुपर्छ । तर यो लामो समय टिकेन र भइदियो उल्टो । तीन बर्ष अघि जस्तो अस्थिरता र अनिश्चितता थियो त्यहि अवस्थामा मुलक पुगेको छ ।

आम नागरिकमा एउटै चिन्ता छ फेरी त्यो दिन नफर्कियोस । बन्द, हड्ताल नहोस । सडकमा टायरहरु नबालियोस । जहाँ हिड्दा पनि असुरक्षा महसुस नहोस । अधिकार माग्दै आन्दोलन गर्नु नपरोस । तर जे जनताको चाहाना थियो त्यो भएन । फेरि उहि दिन नफर्कियो ।