२०७७ फाल्गुन १३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ हप्ता अगाडि

दमक/ दमक जेसिजको नयाँ आएको नेतृत्वले सामाजिक उत्तरदायित्व वहनका लागि आफ्ना कार्यक्रमहरु शुरु गरेको छ । यसै क्रममा पहिलो कार्यक्रम अन्र्तगत बिद्यार्थीहरुलाई स्यानेटरी प्याडको प्रयोगका उपयोगीताको बिषयमा सचेतना शुरु गर्दै स्यानेटरी प्याड बितरण गरेको छ ।

महिनावारी हुँदा अहिले पनि धेरै बिद्यार्थीहरु बिद्यालय आँउदैनन् । स्यानेटरी व्याड प्रयोग गर्न नजान्ने तथा लजाउने गरेको पनि बताईन्छ । दमक जेसिजका अध्यक्ष सुयोग खरेलका अनुसार सामुदायिक बिद्यालयमा सरकारले निशुल्क रुपमा स्यानेटरी प्याड बितरण गरेर यसको उपयोगीता बिद्यार्थीहरुमाझ पुर्याएपनि नीजि बिद्यालयमा यस्तो कार्यक्रम गरेको नपाईएकाले आफुहरु नीजि बिद्यालय पनि पुगेको बताएकाछन् ।

उनले दमकको समता स्कूल, अक्सफोर्ड अग्रेजी बिद्यालय र सिद्धार्थका तीनसयभन्दा बढि बिद्यार्थीहरुलाई स्यानेटरी प्याड बितरण गरिएको हो । यो सचेतना अभियान हो र यो निरन्तर आगामि दिनमा पनि यस किसिमका कार्यक्रम रहनेछ, खरेलले भने ।

जेसिजलाई समुदायमा चिनाउने र यो बिद्यालय तथा कलेजहरुमा जेसिजबारे जानकारी गराउने उदेश्य रहेको पनि खरेलले बताए । कार्यक्रममा जेसिजका पदाधिकारीहरुको सहभागिता रहेको थियो । यस अभियानमा कञ्चनजङ घा हस्पिटल इक्विमेन्ट प्रा.लि.ले सहयोग गरेको दमक जेसिजका उपाध्यक्ष लोकेश सापकोटाले जनाए ।