२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेता एवं निवर्तमान प्रतिनिधि सभा सदस्य एल.पी. साँवा लिम्बु राष्ट्रिय उद्योग व्यवसायी महासंघको केन्द्रिय अध्यक्ष बनेकाछन् । काठमण्डौमा भएको महासंघको केन्द्रिय भेलाले उनलाई अध्यक्ष तोकेको हो ।

यसभन्दा अघि निर्वाचित केन्द्रिय अध्यक्ष लक्ष्मीदास मानन्धरले उमेर र स्वास्थ्यको कारणले नेतृत्व छाड्ने भनेपछि भेलाले साँवालाई अध्यक्ष बनाएको हो । ब्यवसायीहरुको अधिकतम् हितमा आफु हिजो पनि रहेको र अब पनि रहिरहने साँवाले बताएकाछन् ।