२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ नयाँ नेतृत्व आएसंगै दमक जेसिसलाई चलयमान र सक्रिय बनाउदै आएको टिमले दमक ४ स्थित हिमालय बाल विकास स्कूलका बिद्यार्थीहरुलाई बिद्यालय पोशाक बितरण गरेको छ । वालबालिकासंग सरस्वती पुजा गर्दै बिद्यालय पोशाक प्रदान गरेको हो ।

मजदूरका छेरोछोरीहरु यहाँ पढ्ने र उनिहरुलाई स्कूल पोशाक जुटाउन समेत समस्या रहेको बुझेपछि आफ्हरुको तर्फबाट सानो भएपनि सहयोग गरिएको दमक जेसिसका अध्यक्ष सुयोग खरेलले बताए ।

उनले अप्ठेरोमा रहेका बालबालिका तथा अन्य मानिसहरुलाई सकेको सहयोग गर्न सधै तत्पर रहेको पनि जनाए । दमक नगरपालिकाको शिक्षा शाखाका प्रमुख एवं प सचिब दिनेश न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।