२०७७ फाल्गुन १९, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ हप्ता अगाडि

दमक/ झापाको दमकलाई मुख्य कार्यथलो बनाएर बिगत दूई दशक अघिदेखि कार्य गर्दै आएका पत्रकार विष्णुप्रसाद पोखरेल दमक नगर विकास पत्रकारिता पुरुस्कार सहित सम्मानित भएकाछन् ।  रु २१ हजार राशिको पुरुस्कार सहित पोखरेललाई आठौ नगरसभाको अवसर पारेर विहिबार सम्मान गरिएको हो ।

राष्ट्रिय सभा सदस्य देबेन्द्र दाहाल, प्रदेश सभा सदस्य अर्जुन राईको उपस्थितिमा भएको नगर सभामा दमक नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारीले पुरस्कार सहित नगरपालिकाको तर्फबाट सम्मान गरेका थिए ।

नगरपालिकाले नगरमा बिभिन्न माध्यमबाट उत्कृष्ठ योगदान गर्नेहरुलाई सम्मान गर्ने परम्परा अनुसार यस पटक सञ्चार क्षेत्रबाट पोखरेललाई सम्मानित गरिएको सो अवसरमा दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाले बताए ।

पोखरेलसंगै उत्कृष्ट करदाता, स्वास्थ्य स्वंयसेविका लगायत पाँच जनालाई नगरपालिकाले सम्मान गरेको छ । नगर सभामा सम्मानित हुनेहरुमा उत्कृष्ट करदाताहरु पर्शुराम गिरी, मञ्जु श्रेष्ठ, उत्कृष्ट निर्माण व्यवसायी प्रकाश केसी, स्वास्थ्य स्वयंसेविका हेलेना टोपो रहेका छन ।