२०८१ बैशाख ४, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखे

विष्णुप्रसाद पोखरेल/दमक

दमकमा यतिखेर सडक तथा ढल निर्माणको काम धमाधम भइरहेको छ । यो खुसिको कुरा हो । दमक पुर्वधार विकासमा निक्कै अघि बढ्दै । बाटाघाटा कालोपत्रे हुनेदेखि लिएर ढल निर्माण र रेलिङको समेत कामले दमकको चमक बढ्दैछ । विकासको दृष्टिले दमक पुर्वको नै नमुना बन्ने तरखरमा देखिन्छ ।

दमकको चमक बढ्ने कामको बिरोध कसैले पनि गरेको छैन र गर्नु पनि हुँदैन । अहिले दमकको मुख्य चोक क्षेत्रको सडक तथा ढल निर्माणधिन अवस्थामा रहेको छ । दमकको भित्रि सडकहरुमा पनि ब्यवस्थित ढलको योजना अनुसारको काम शुरु भएको पाईएको छ । जसले गर्दा सडकहरु भत्काईएकाछन् । नयाँ बन्नका लागि पुरानो भत्कनु स्वभाविक हो तर यसलाई ब्यवस्थित गरिनु भने जरुरी रहेको छ ।

यो दमकका लागि एउटा ठुलो परियोजनाको रुपमा अघि बढेको देखिन्छ । तर निर्माणमा लापरवाहिजस्तो देखिन्छ । निर्माणाधिन अवस्थामा धुलो खपिनसक्नुको छ । निश्चय पनि काम गर्दा धुलो आँउछ र यो सामान्य हो तर धुलोको ब्यवस्थापन गर्न त पक्कै सकिन्छ होला । अहिले हावा चल्ने समय शुरु भएकाले यसले यात्रुहरुलाई निक्कै सास्ति भएको देखिन्छ । स्थानीयलाई त मुश्किल नै छ । आखिर यति ठुलो योजना हुँदा दैनिक ३ देखि ४ पटक पानी छिट्दा के बिग्रन्छ र ?

दमकका सडकहरु मर्मत सम्भार केहि समय अघि भएका थिए । कतिपय नयाँ पीच पनि भएकाछन् । अब ढल निर्माणमा पीच पनि भत्कदैछन् । विकास निर्माणको काम हतपत सकिन्न । कुनै न कुनै रुपमा भइरहेको नै हुन्छ । यसर्थ अब कम्तिमा १० बर्षसम्मको योजनालाई समेटेर काम गर्दा कसो होला ? यसका लागि सम्बन्धित पक्षहरु बसेर एउटाले बनाउने र अर्कोले आएर त्यहि भत्काउने अवस्था नआओस भनेर योजना बनाउन सकिन्न र ?

पक्कै पनि यो सम्भव हुन्छ होला । यदि सम्भव नभए कम क्षति हुनेगरी कसरी काम गर्न र गराउन सकिन्छ भन्ने सोच्नु पर्छ । दमकमा जहाँ, जसरी, जति विकास भइरहेको छ त्यो जनताको पैसा हो । राज्यको पैसा हो । हामी सबैको योगदान हो । प्रत्यक्ष होस वा अप्रत्यक्ष । यस्तो बिषयमा हामी सबै बोल्नु जरुरी रहेको छ । काम कस्तो भइरहेको छ र कसरी भइरहेको छ ? मापदण्ड के थियो ? र मापदण्ड अनुसार काम भएको छ या छइन ? यो पनि खबरदारी गर्न आवश्यक छ ।

एशियन हाइ वे काकडभिट्टा बन्ने बताइरहदा दमकको मुख्य चोकमा पुर्व पश्चिम राजमार्गमा ढल तथा सडकको काम भइरहेको छ । भोली आएर यो भत्किने अजस्था आयो भने यसको जिम्मेवारी कस्ले लिने ? यसमा भएको लगानी बालुवामा पानी हुनसक्छ । त्यो मापदण्ड अनुसार अहिले काम भइरहेको छ त ? यसको स्पष्ट जवाफ सम्बन्धित निकायसंग छैन ।