२०७८ बैशाख २७, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ महिना अगाडि

दमक/ नेपाल जेसिजकी राष्ट्रिय उपाध्यक्ष रजनी थापा पुर्वमा रहेका जेसिजहरुलाई जेसिजको उदेश्य अनुसार कार्य गर्नका लागि प्रोत्साहित गर्ने अभियानमा जुटेकीछन् । यसै क्रममा आईतवार विहान दमक जेसिजको सचिवालयमा पनि उनि आएकीछन् ।

उनले दमक जेसिजले गर्ने रचानत्मक काममा नेपाल जेसिज र आफ्नो साथ एवं समर्थन रहने जनाउदै उत्साहका साथ काम गर्न आग्रह गरिन् ।

सुयोग खरेलको नेतृत्वमा रहेको दमक जेसिजले पछिल्लो समयमा सक्रियता जनाउदै रचनात्मक काम गर्दै आएको छ । जेसिजको सक्रियताको प्रंशशा गर्दै उनले दमक जेसिजको अभियानलाईर यो बर्षलाई उत्कृष्ठ बर्ष बनाउनका लागि आफ्नो सहयोग रहने जनाईन् ।

सचिवालयमा भएको कार्यक्रममा दमक जेसिजका पुर्व अध्यक्षहरु, बर्तमान पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको दमक जेसिजका उपाध्यक्ष लोकेश सापकोटाले बताए । उनको शाखा भिजिट र प्रतिबद्धताले थप काम गर्न उत्साह मिलेको उनको भनाई छ ।

पुर्व अध्यक्ष नेत्र चम्लगाई, केशवप्रसाद अधिकारी लगायतकाले मन्तब्य राखेको कार्यक्रमको स्वागत मन्तब्य कार्यकारी उपाध्यक्ष रामचन्द्र अधिकारीले राखेका थिए भने सञ्चालक महासचिव निरोज आचार्यले गरेका थिए ।