२०७७ चैत्र २९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

दमक/ झापा दमकका पुराना एवं अग्रज ब्यवसायी राजेन्द्र अग्रवाल (राजु) सहितलाई मातृ शोक परेको छ । ४० को दशकदेखि दमकमा आएर ब्यवसाय गर्दै आएको अग्रवाल परिवारमा शोक परेको हो ।

८५ बर्षिया शान्तिदेबी अग्रवालको ८५ बर्षको उमेरमा शनिवार विहान निधन भएको हो । मृतक अग्रवालका ४ छोरा र २ छोरी रहेकाछन् । छोराहरु राजु, सुन्दर, पवन र अजित रहेकाछन् ।

दमक उद्योग बाणिज्य संघका कार्य समिति सदस्य समेत रहेका मृतकका नाती नविनकुमार अग्रवालका अनुसार आईतवार विहान ९ बजे नीजि निवास (दमक वडा नं. ७ महिविर मिल)बाट कन्काईमा दाहसंस्कारका लागि लैजाने तयारी रहेको छ ।