२०७७ चैत्र २९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

दमक/ झापाको तीनवटा स्थानीय तह कमल गाँउपालिका, दमक नगरपालिका र गौरादह नगरपालिकाको संगमस्थल कमल ६ झर्कामा आज आईतवार केहिबेरपछि औधोगिक पार्कको शिलन्या हुँदैछ । यो दक्षिण एशियाकै सबैभन्दा आकर्षक र आधुनिक औधोगिक पार्क बन्ने बताईएको छ ।

२ बर्ष भित्रमा उत्पादन शुरु हुने गरी शिलन्यासपछि काम शुरु हुने बताईएको औधोगिक पार्क शिलन्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम तय भएको छ । भद्रपुर एयरपोर्ट हुँदै ओली दमक आउने निश्चित भएपछि उनका मतदाता तथा समर्थकहरु उत्साहित बनेकाछन् ।

लगानी बोर्ड नेपालले औधोगिक पार्कका लागि ६४ अरब स्वीकृत गरिसकेकाले र यो बैदेशिक लगानी भएकाले कानूनले ब्यवधान खडा नगरेर निर्माणमा कुनै पनि प्रकारले असर पुग्ने छैन । आर्थिक श्रोत शुनिश्चित रहेको पार्कका अध्यक्ष गोविन्द थापाले बताए ।