यहाँहरुको साथ रहेसम्म मलाई कसैले हटाउन र हराउन सक्दैन-ओली
दमक/ प्रधानमन्त्री एवं झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य प्रधानमन्त्री केपी शर्मा ओली यस क्षेत्रका र देशभरका जनताको आर्शिबाद रहेकाले आफु कहिल्यै नहार्ने बताएकाछन् ।
नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यहाँका जनताले जिताएका कारण आफु अहिले मूलक सम्बृद्ध बनाउन लागि परेको जनाउदै उनले यस्तो बताएकाहुन् ।
कसैले हराएर म हार्दिन किनकी यहाँहरुको साथ मलाई रहेको छ, उनले भने । भोली पनि तपाईहरुले फेरी दूई तिहाई मत दिनुहुनेछ र फेरी पनि नेतृत्व गर्नेछु, उनले भने ।
ओलीले आईतवार आफ्नो निर्वाचन क्षेत्रमा बन्ने चीन नेपाल औधोगिक पार्कको शिलन्यासका लागि आएका थिए । उनले ३१ वटा पुलको शिलन्यास र ४ वटा पुलको उद्घाटन पनि गरे ।
