२०८३ असार ११, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखे

विष्णुप्रसाद पोखरेल/दमक

यो साता नेपालभर मात्र होइन छिमेकी मूलक भारत र नेपालमा पनि एउटा चर्चाको बिषय बन्यो । झापाको कमल गाँउपालिका, दमक नगरपालिका र गौरादह नगरपालिकाको संगमस्थलमा झर्कामा औधोगिक पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्घाटन भयो ।

अहिले जहाँ जता गयो, एउटै प्रश्न छ त्यो हो यो औधोगिक पार्क बन्छ त ? यो हुनु स्वभाविक पनि छ । ठुलाठुला योजनाहरु आउने तर समयमा कार्यन्वयन नहुने गरेको उदाहरणहरु दमकमा र हाम्रो नेपालमा थुप्रै रहेकाछन् । २ बर्ष भित्रमा सञ्चालनमा आउनसक्ने गरी पार्क बन्ने बताईएपछि यस बिषयमा प्रश्न खडा हुन स्वभाविक पनि हो ।

औधोगिक रुपमा मात्र नभएर पुर्वधार तथा रोजगारीको हिसावले पछि परेको कमल गाँउपालिका र गौरादह नगरपालिकाका लागि यो ठुलो अवसर हो । पछिल्लो समयमा विकासको क्षेत्रमा फड्को मारेको दमकका लागि पनि अवसर हो । सिंगो मूलकको औधोगिक क्रान्तिको एउटा ठुलो हिस्सा यो हुने भनिदै आएको छ ।

औधोगिक पार्क बन्ने आधार

सरोकारवालाहरुसंगको कुराकानीको आधारमा हेर्ने हो भने यो औधोगिक पार्क राज्य गम्भिर हुने हो भने यो तोकिएको समयमा बन्छ । झण्डै एकलाखले रोजगारी पाउछन् । नेपालको आर्थिक उन्नतीमा ठुलो टेवा पुग्छ । यहाँ जग्गाजमिनको लागि कसरत गर्नु पर्ने अवस्था छैन र अहिलेलाई पर्याप्त जग्गाको ब्यवस्थापन भईसकेको छ ।

यसमा चीन सरकारको आधारिकारीक रुपमा नै लगानी आँउदैछ । यसका लागि बिभिन्न चरणहरुमा चीन-नेपाल मैत्री औधोगिक पार्क, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र लगानी बोर्डबीच चीनको आधिकारीक निकायसंग सम्झौता भएको पाईन्छ । प्रारम्भिक चरणमा काम गर्नका लागि ६४ अरव लगानी स्वीकृत पनि भएको छ ।

यहाँ आउने बहुराष्ट्रिय प्रकृतीका २६ वटा उद्योगहरु पनि तयारी अवस्थामा रहेको औधोगिक पार्कका अध्यक्ष गोविन्द थापा र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले दमकमा पत्रकार सम्मेलन मार्फत नै जानकारी दिइसकेकाछन् । चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सनले निर्मांणको काम जिम्मा लिएको छ । कृषि र खाद्यन्नजन्य उद्योग, टेक्सटायल र क्रमशः विद्युतीय गाडी देखि मोबाइल फोनसमेत यहि उत्पादन हुनेछ ।

यसले गर्दा स्थानको उपलब्धता, आर्थिक ब्यवस्थापन र बहुराष्ट्रिय प्रकृतीका उद्योगहरु आउने शुनिश्चितता भएको हिसावले हेर्ने हो भने यहाँ औधोगिक पार्क बन्ने छ । मुख्य रुपमा लगानीको बिषय हुने र नेपाल सरकारले यसमा कुनै लगानी गर्नु नपर्ने भएकाले पनि यो बन्ने आधार बलियो छ ।

बिद्यमान ऐन, कानून, नियमावली, कार्यविधिहरुमा भएका बिभिन्न धारा, दफा, उपदफाहरुले गर्दा समस्या छ । त्यति मात्र होइनब्याक्तिगत फाईदा, स्वार्थ केन्द्रित भएर काम गर्ने  प्रवृती, खुट्टा तान्ने र जस लिन खोज्ने हर्कतहरु भएमा यसले असर गर्नेछ ।

बन्न अप्ठेरो पनि छ

औधोगिक पार्क शिलन्यासपछि अब निर्माणको चरणमा जानु पर्ने हो । धेरैको अपेक्षा यहि नै हुन्छ तर अहिले पनि यो शुरु हुनु धेरै समस्या देखिएको छ । यसको मुख्य कारण पनि नेपालको ऐन, कानून र कार्यविधि एवं नियमावलीहरु रहेकाछन् ।

यहाँ बन्ने औधोगिक पार्क नेपालको मात्र नभएर दक्षिण एशियाकै नमुना बन्ने र लगानी पनि धेरै हुने भएपछि लगानीकर्ताले सहजताको बाटो हेर्नेछ । जहाँ उद्योग बन्ने र रहने हो त्यहि सबै प्रकारको सुविधाहोस भन्ने चाहान्छ तर त्यो छैन ।

करको बिषयमा होस या लगानी ल्याउने बिषयमा होस बिभिन्न दफा र उपदफा देखाएर अप्ठेरो पार्ने प्रवृती भेटिएको भन्दै यसले गर्दा काममा ढिलाई हुने संकेत देखिदै आएको पार्कका अध्यक्ष थापाले पत्रकारसामु प्रष्ट भने ।

सहजता ल्याउनेभन्दा कहाँबाट अप्ठेरो हुन्छ र असहजता सिर्जना हुन्छ भनेर हेर्ने गरिएको पाएको छु, उनले पत्रकार सम्मेलनमा भने । यदि औधोगिक मैत्री भएर नियम, कानून, कार्यविधि, नियामवली लगायतमा अप्ठ्यारा रहेका धारा, उपधारा र दफा, उपदफा परिवर्तन गरेर सहजता ल्याउन आवश्यक देखिन्छ ।