२०७८ असार ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ महिना अगाडि

दमक/ जेसिज अभियानका गतिविधि, बिधिको शाषन, सकारात्मक र सभ्य समाज निर्माणमा युवाको भुमिका लगायतका बिषयबस्तु समेटिने गरी दमक जेसिजले साप्ताहिक रुपमा आधा घण्टाको रेडियो कार्यक्रम शुरु गर्ने भएको छ ।

दमक जेसिजका अध्यक्ष सुयोग खरेल र हिमशिखर मीडिया प्रा.लि. का अध्यक्ष ध्रुव न्यौपाने बीच कार्र्यक्रमको बिषयमा सम्झौता भएको हो । खरेलका अनुसार कार्यक्रममा नेतृत्व विकास, ब्याक्तित्व विकास लगायतका बिषयहरु पनि समेटिनेछन्  ।

प्रत्येक शनिबार बिहान ८ देखि ८.३०, साँझ ५.३० देखि ६ बजेसम्म कार्यक्रम सञ्चालन हुने पनि जनाईएको छ । दमक जेसिजमा नयाँ नेतृत्व आएसंगै आफ्ना गतिविधिहरुलाई सक्रियताका साथ अघि बढाईरहेको छ ।

हिमशिखर एफ.एम. र दमक जेसिजको सहकार्यलाई उपलब्धि मूलक बनाउनका लागि आफुहरु लागि पर्ने दमक जेसिजको महासचिव निरज आचार्यले बताएकाछन् ।