झापाबाट अब राजनीतिमा फेरी सक्रिय हुँदै अग्नि खरेल !
दमक/ सक्रिय राजनीतिमा रहेको अवस्थामा नै सरकारको महान्याधिवक्ताको जिम्मेवारीमा रहेका नेकपा एमालेका नेता अग्नी खरेल अब फेरी सक्रिय राजनीतिमा फर्कने भएकाछन् । खरेलले झापालाई आधार बनाएर राजनीतिमा फर्कन लागेको बताईन्छ ।
कतिपयले अनुमान गरे अनुसार खरेल अब झापाको क्षेत्र नं. २ बाट निर्वाचनमा उम्मेद्वार बन्नेछन् । यसैका लागि उनले महान्याधिवक्ताबाट राजिनामा दिएकाहुन् ।
प्रधानमन्त्रीमा केपी शर्मा ओली विजय भएसगै खरेलले राम्रो मन्त्रालय पाउने अवस्था रहदारहदै पनि महान्याधिवक्ता बनाईएको चर्चा उ बेला पनि भएको थियो ।
