२०८१ बैशाख ७, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल/ दमक

मैले जे देखे त्यहि लेखे

पछिल्लो समयमा दमक र आसपासको क्षेत्रमा टिपरको ज्यादती बढ्दो अवस्थामा रहेको छ । साघुरो सडकमा उनिहरुको गति र क्षमताभन्दा बढि अर्थात डालाभन्दा माथिसम्म निर्माण सामाग्रि बोक्दा पनि ट्राफिक प्रहरी तथा सडकमा रहेका प्रहरी पनि रमिते बनेर हेरेको पाईन्छ । जसका कारण टिपरहरुको ज्यादती दिनप्रति दिन बढ्दो छ ।

न उनिहरुको गति नियण्त्रणका लागि प्रयास भएको पाईन्छ न त क्षमताभन्दा बढि बोक्ने टिपरहरहरुलाई कार्वाही गरेको पाईन्छ । यसले  टिपर सम्राज्य चलेको जस्तै देखिन्छ । कुनै समय त ८/१० वटा टिपर लाइन लागेर पनि बाटो सबै आफ्नै जसरी पनि कुद्ने गरेकाछन् । यसमा सरोकारवाला निकायको ध्यान नजानुको पछाडि राजनीतिक पहुँच तथा निर्माण ब्यवसायी तथा टिपर सञ्चालकहरुको सेटिङले काम गरेको हुनुपर्छ भन्ने लाग्छ ।

होइन भने दमकको मावाखोलादेखि केर्खासम्म र पाडाजुंगी हुँदै गौरीगन्जसम्म टिपरहरु सडकमा द्रुत गतिमा हुईकिदा, क्षमताभन्दा बढि निर्माण सामाग्रि बोकेर चल्दा र बालुवा तथा गिटी सडकमा झार्दै उडाउदै कुदाउदा किन कार्वाही हुन्न । यहाँ सम्म टिपर सञ्चालन हुँदा बिचमा कति ठाँउमा ट्राफिक तथा जनपथ प्रहरी हुन्छ ? यो सोचनिय छ ।

यस बिषयमा बारम्बार कुरा उठ्यो, समचारहरु आए तर सुनुवाई नहुनुको पछाडि के छ ? कि त टिपरहरुलाई कुनै नियम तथा कानून लाग्दैन भन्नु पर्यो । होईन भने उनिहरुको ज्यादती रोकिनु पर्दैन ? दुर्घटना कस्को कमजोरीका कारण भइरहेको छ एउटा बिषय होला तर दुर्घटना हुन नदिन के गर्नु पथ्र्यो ? यस बिषयमा ध्यान दिनु पर्दैन ।

पछिल्लो समयमा टिपरसंग जोडिएर थुप्रै दुर्घटना भएकाछन् । शनिवारमात्र दमकमा दूइ युवाले ज्यान गुमाए । सानातिना दुर्घटना दिनहु भइरहेकाछन् । टिपर चालकहरु कम उमेरका तथा लाइसेन्स नभएकाहरु पनि रहेको बताईने गरेको छ ।  जति धेरै पटक निर्माण सामाग्रि बोक्यो त्यति धेरै चालकलाई कमिसन दिने गर्नाले पनि द्रुत गतिमा टिपरहरु कुदेको कतिपयको भनाई छ ।

यातायात व्यवस्था विभागले ६ चक्के टिपर (ठुलो)का लागि ७.५ र १० चक्के टिपरका लागि १२ घनमिटर आयतन भएको ढाला राख्न पाउने मापदण्ड कायम गरेको छ। तर टिपर सञ्चालकले मापदण्डभन्दा बढी आयतनको ढाला थपेर टिपर सञ्चालन गर्दै आएका छन्। ६ चक्केमा ९ घनमिटर र १० चक्के टिपरमा १७ घनमिटरसम्मको ढाला थपेर सञ्चालन गर्दै आएको बताइन्छ । यसको अनुगमन खोइ ?

टिपरहरुका लागि टाइम कार्ड लागु गर्नु पर्ने, निश्चित गति कायम गरेर त्यो भन्दा बढि कुदाएमा कार्वाही शुरु गर्ने, निर्माण सामाग्रि क्षमताभन्दा बढि बोक्न नदिने र राम्ररी छोपेर मात्र ओसापसार गर्न दिने, ट्राफिक नियम टिपरहरुलाई पालना गराउने अवस्था सिर्जना गर्ने हो भने पनि टिपर ज्यादती कम हुनसक्छ ।