लायन्स क्लव अफ ईन्टरनेशन ३२५ का शिर्ष लिडरहरु दमकमा, रेवतबहादुर कार्कीको टिमलाई अग्रिम शुभकामना कार्यक्रम

दमक/ झापाको दमकमा लायन्स क्लव अफ ईन्टरनेशन ३२५ ए वानका शिर्ष लिडरहरु सहित नयाँ नेतृत्व गर्ने लिडरहरुको उपस्थितिमा भेटघाट एवं शुभकामना, अभिवादन तथा आशिस कार्यक्रम भइरहेको छ । मंगलवार साँझ ५ बजेदेखि कार्यक्रम शुरु भएको हो ।
मल्टिपल काउन्सिल चियरपर्सन इन्द्र खत्री राजन , मल्टिपल कोअर्डिनेटर पिडिजि लायन अनन्तप्रसाद भेटवाल, मल्टिपल डिस्ट्रिक चियर पर्सन पिडिजि लायन लिलाकुमार ढुंगेल लगायतको उपस्थितिमा कार्यक्रम भइरहेको छ ।
नयाँ बन्न लागेका डिस्ट्रिक गर्भनर, प्रथम भिडिजि रेवतबहादुर कार्की, प्रथम भिडिजिका एकमात्र उम्मेदवार कर्मा गुरुङ, सेकेण्ड भिडिजि उम्मेद्वार नरनाथ सापकोटालाई नयाँ नेतृत्वका लागि शुभकामना सहित आशिस कार्यक्रम राखिएको बताईएको छ । आँउदो १४ गते काठमण्डौमा राष्ट्रिय अधिवेसनबाट नयाँ नेतृत्वको चयन हुनेछ ।
दमक लायन्स अभियानमा सक्रिय शहरमा पर्दछ । यहाँ लायन्स लिडरहरुले महत्वका साथ लिएकाले यो कार्यक्रम भएको लायन्सका दमकका अगुवा लिडर अजय अग्रवालले बताए । दमकका लायन्स क्लव तथा लायन्सकर्मीहरुको तर्फबाट संयुक्त रुपमा अग्रिम बधाई सहित शुभकामना दिईएको पनि उनले जनाएकाछन् ।