२०७७ चैत्र २९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता २ हप्ता अगाडि

दमक/ लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए वानका आँउदो गर्वनर एवं बर्तमान भ्याईस डिस्ट्रिक गर्वनर रेवतबहादुर कार्कीले आफ्नो कार्यकाललाई लायन्स क्लवहरुको इतिहासमा स्वर्ण युग बनाउने प्रयत्न गर्ने बताएकाछन् । उनले आफुलाई क्लवहरुले गरेको विश्वासलाई मर्न नदिने बताउदै विश्वमा नै आफ्नो डिस्ट्रिकलाई नम्बर वान बनाउन लागि पर्ने जनाउदै यस्तो बताएकाहुन् ।

उनले लाइन्स क्लवमा लागेर आफ्नो डिस्ट्रिकबाट पुर्व गर्वनर भइसकेका अग्रजहरुको सम्मानमा बिभिन्न कार्यक्रमदेखि लिएर स्थानीय स्तरमा क्लवमा नेतृत्व गरिरहेकाहरुको अभिलेखिकरणका लागि बुकमा नाम समावेश गराउनेसम्मका कार्य गर्ने पनि प्रतिबद्धता जनाएकाछन् ।

बिराटनगरका स्थायी बासिन्दा कार्की लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए वानका लोकप्रीय लिडर मानिन्छन् । उनले लायन्स क्लव तथा सदस्यहरुको समस्या बुझेको र त्यसलाई मिलाएर लैजान सक्ने क्षमता राख्ने लायन्सकर्मीहरुले बताउदै आएकाछन् ।

१४ गते शनिवार काठमण्डौमा हुने कार्यक्रमबाट उनि गर्वनरको जिम्मेवारीमा आँउदैछन् । यसका लागि सम्पुर्ण लायन्स्कर्मीहरु काठमण्डौमा भेला पनि हुँदैछन् । कार्की सहित उनको टिमलाई शतप्रतिशत एस भोटका लागि अभियान नै चलेको छ । कार्कीले आफु सहित प्रथम डिस्ट्रिक गर्वनरका उम्मेद्वार कर्मा गुरुङ र सेकेण्ड भाइस डिजिमा नरनाथ सापकोटालाई शत प्रतिशत एस भोटका लागि अनुरोध गरेकाछन् ।