प्रदेश १ सरकार बिस्तार हुँदै
विष्णुप्रसाद पोखरेल
दमक । प्रदेश १ सरकार विस्तारको तयारी भइरहेको बताईएको छ । माओबादी (केन्द्र)बाट निर्वाचित भएर आर्थिक मामिला तथा योजना मन्त्रि बन्नु भएका ईन्द्र आङ्वो सहित माधवकुमार नेपाल समुहका सामाजिक विकास मन्त्री जीवन घिमिरे पदमुक्त बनेपछि यो मन्त्रालय खालि रहेको छ ।
प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रि हिक्मत कार्कीका अनुसार सरकार विस्तारको तयारी भइरहेको छ । केहि मन्त्रि र राज्यमन्त्रि यसै साताभित्र थप हुने पनि उहाँले बताउनु भएको छ ।
बुधबार साँझ दमकमा आउनु भएका मन्त्रि कार्कीले सरकारको नीति तथा कार्यक्रम र योजना ल्याउने समय आँउन लागेको जनाउदै तत्कालै सरकार विस्तार गर्न आवश्यक रहेकोले सरकार विस्तार ुने बताउनु भएको थियो ।
उहाँले दमकमा १५ हजार बोरोभन्दा बढि किसानको आलुको बिउ भण्डारण भएको दमकस्थित श्री शान्ति कोल्ड स्टोरेजको निरिक्षण पनि गर्नु भएको थियो ।
किसानहरुको आलुको बिउ राखेर किसानहरुले समयमा नै सहज रुपमा आलुको बिउ रोप्न सक्ने अवस्था सिर्जना हुनेमा विश्वस्थ बनेको सो अवसरमा उहाँले बताउनु भएको थियो ।
