झापामा प्रहरी भेनमा मोटरसाईकलको ठक्कर
दमक/ झापाको गौरीगन्जमा शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय गौरीगन्जको प्रहरी भेनमा एक मोटरसाईकलले ठक्कर दिएको बताईएको छ ।
बेलुका ९ बजेतिरको समयमा रोकिराखेको प्रहरीको गाडिमा मोटरसाईकल आएर ठोक्किएको जनाईएको छ । यद्यपी घटनाबारे सार्वजनिक गरिएको छैन ।
प्रहरीको भेनको पछाडि कुच्चिएको छ । मोटरसाईकल सवार ब्याक्ति घाईते रहेकाले दमकस्थित लाईफलाईन अस्पतालमा ल्याईएकोमा यहाँ उपचार हुन नसकेपछि तत्कालै बिएण्डसि अस्पताल बिर्तामोड लगिएको पनि श्रोतको भनाई छ ।
