२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ जिल्ला प्रशासन कार्यालयले केहि दिन अघि सार्वजनिक सूचना निकाल्यो फेरी कोरोना संक्रमण बढन सक्ने भएकाले अनिवार्य माक्स प्रयोग गर्न, क्वारेन्टाईन तथा कोभिड अस्पतालहरुलाई चालु अवस्थामा राख्नका लागि पनि भन्यो ।

ह्याण्ड सेनिटाईजरको प्रयोग र सामाजिक दुरी कायम गर्न पनि भनिएको छ तर यसको कार्यन्वयन भइरहेको छ त ? दमक सहित झापामा खास रुपमा यसको कार्यन्वयन भएको देखिदैन । यसले भारतसंग सिमा जोडिएको झापा कोरोना संक्रमणको जोखिममा रहेको छ ।

भारतबाट अहिले पनि खुलमखुल्ला मानिसहरु आइरहेकाछन् । आफन्तको शरणमा र कामका लागि गएकाहरु कामबाट फर्कदैछन् । न उनिहरुको रेकर्ड स्थानीय तहसंग छ न त अन्य कसैले नै राखेको छ यसले अब फेरी एकपटक समुदायमा कोरोना संक्रमण उच्च बन्ने खतरा बढेको छ ।