२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

काठमाडौं, चैत १३ । मस्तिष्क घातको उपचार गराइरहेका पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको निधन भएको छ । जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको हो ।

फागुन १४ गते शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्‍याइएको थियो । सोही दिन बिहान थप उपचारका लागि नर्भिक लगिएको थियो । आज उपचारका क्रममा नर्भिकमा उनको निधन भएको हो ।

नर्भिक अस्पतालका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको थियो । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो ।