२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक / लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए वानको गर्वनरमा पुर्वका सामाजिक अभियान्ता एवं लायन्स लिडर रेवतबहादुर कार्की चयन भएकाछन् ।

लायन्सलाई चलयमान बनाउदै सामाजिक कार्यमा नेपालमा मात्र नभएर विश्वमा एक नम्बर बनाउने उद्घोष सहित उनले लायन्स क्लव तथा लिडरहरुले गरेको विश्वासलाई मर्न नदिने प्रतिबद्धता पनि जनाएकाछन् ।

लायन्स क्लवहरुसंग राम्रो सम्पर्क स्थापित गरेका उनले एक बर्षको कार्याकाललाई स्वर्ण कार्यकाल बनाउने भन्दै आएकाछन् । उनले यसभन्दा अघि गर्वनर नरहदा पनि निक्कै राम्रो ख्याती र कार्यक्रमहरु ल्याएर क्लवको मन जित्दै आएका थिए ।

कार्कीले राजधानी बाहिरका क्लवहरुलाई पनि स्थापित बन्नका लागि सहयोग गर्दै आएकाछन् । यसभन्दा अघि नै उनले नेपालमा मात्र नभएर विश्वमा नै लायन्सअभियानमा यस डिस्ट्रिकलाई अब्बल बनाएर नम्बर वान बनाउने यसभन्दा अघि नै सार्वजनिक गरिसकेकाछन् ।

उनले यसका लागि क्लव तथा लायन्स लिडरहरुले सहयोग गर्ने अपेक्षा लिएको पनि जनाए । नवौ डिस्ट्रिक भेलाबाट उनि गर्वनर घोषित भएकाहुन् । यसैगरी आँउदो गर्वनरको लाइनमा कर्मा गुरुङ र नरनाथ सापकोटालाई पनि लागेकाछन् ।

क्लवहरुसंग समन्वय गर्न तथा आफ्नो उदेश्य पुरा गर्नका लागि कार्की सहितको टिमले अब जोन तथा रिजन पर्सनहरु चुन्नेछ । दमक लायन्स क्लवहरुको उर्वर क्षेत्र रहेकाले दमकबाट समेत थुप्रैको नाम लायन्स लिडरको रुपमा अघि बढेको बताईन्छ ।

संसारको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने संस्थाको रुपमा लिइने संस्था हो । लायन्स क्लब अफ इन्टरनेशनल विश्वका दुई सय पाँच भन्दा बढि मुलुकमा क्रियाशील रहेको छ । सन् १९१७ मा अमेरिकामा स्थापना भएको लायन्स क्लव नेपालमा भने १९७१ मा स्थापना भएको हो ।

लायन्स भनेको विशुद्ध सामाजिक सेवा गर्ने संस्था भएकाले यसका सदस्यहरुले आफ्नै पैसा लगनी गरेर आफै स्वयम् सेवक भएर काम गर्दै आएको पनि बताइन्छ । ठूला–ठूला प्रोजेक्टका लागि भने लायन्स क्लव अन्तर्राष्ट्रिय फाउण्डेसन मार्फत लगानी भित्र्याउने गरेको छ ।