दमकका पुराना ब्यवसायी तथा सामाजिक अगुवा गोपाल श्रेष्ठको निधन
दमक/ झापा दमकका पुराना ब्यवसायी तथा सामाजिक अगुवा झिंगु समाज दमकका अध्यक्ष गोपाल श्रेष्ठको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई दूइदिन अघि बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका लागि लगिएको थियो । गय राती १ बजे उनको निधन भएको पारिवारिक श्रोतले जनाएकोछ ।
श्रेष्ठ नेपाली काँग्रेसका पुर्व नगर सचिव समेत हुन् । दमकका पुराना ब्यवसायी एवं सामाजिक अगुवा श्रेष्ठको निधनमा उनलाई चिन्नेहरुले सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गरिरहेकाछन् ।
