२०७७ चैत्र २९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता १ हप्ता अगाडि

दमक/ राप्रपाका निवर्तमान नगर अध्यक्ष एवं दमक वडा नं. ७ का वडाध्यक्ष भीम पौड्याल क्षेत्र नं. ५ क्षेत्रिय समितिमा सर्वसम्मत रुपमा चयन भएकाछन् । कमल गाँउपालिकाको लखनपुरस्थित मंगलमय माविमा भएकोअ अधिवेसनले उनलाई सर्वसम्मत अध्यक्ष बनाएको हो ।

अर्का अध्यक्षका दाबेदार खेम तिम्सिनाले सर्वसम्मत नेतृत्व चयनका लागि आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए । पौड्यालले सबैलाई समेटेर लैजाने बताउदै आफुलाई यो जिम्मेवारी दिएको आभार प्रकट गरे ।