२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापा दमककी एक महिला ब्यवसायीले आफ्नो जन्मोत्सवलाई फरक रुपमा मनाईएकीछन् । तडकभडकमा लाग्ने खर्च उनले आर्थिक रुपमा बिपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्रि दिएर मनाएकी हुन् ।

लायन्स क्लब अफ दमक गोल्डकाका अध्यक्ष एवं होलसेल ब्यवसायी संघ झापा दमकका अध्यक्ष रिङकुमार आचार्यको संयोजनमा उहाँकी श्रीमति मैयादेवी आचार्यले आफ्नो ४१ औं जन्मदिनको अवसर पारेर बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रि बितरण गरिएको हो ।

पहिला आफै पढेको कमल गाँउपालिका वडा नं. ५ सितापुरीस्थित सिद्धदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु सहयोग बितरण गरिएको हो । कार्यक्रमको संयोजनमा लियो क्लब अफ दमक गोल्डको पनि सहयोग रहेको थियो ।

लायन्स क्लब अफ दमक गोल्डका आइपीपी तथा जोन चियर पर्सन काशी खाती, लायन्स क्लव अफ ३२५ ए वानका जोन लिडर दिवश राई लगायतले विद्यार्थीहरुलाई स्कूल व्याग, जुत्ता, मोजा, कापी र कलम वितरण सहित श्ुभकामना दिएका थिए ।