दमकमा कोरोना संक्रमणदर बढ्न थाल्यो, आईतवार ४ जनामा कोरोना संक्रमण पुष्टि
दमक/ झापामा आइतबार दमकका ४ सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका तीन महिला र एक पुरुष गरेर ४ जनामा संक्रमण देखिएको हो । दमकका संक्रमितहरु वडा नं ८ र ५ का रहेका छन् ।
यसैगरी भद्रपुर वडा नं ५ की एक महिलालाई पनि संक्रमण पुष्टि भएक जनाईएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ४६ सय ४९ पुगेको पनि बताईन्छ । सचेतता नअपनाए फेरी कोरोना संक्रमण बढ्ने देखिन थालेको छ ।
