२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन नयाँ वर्ष मनाइन्छ । यो दिनमा प्रचलित परम्परा अनुसार विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ ।

यस अवसरमा आपसमा सद्भावको आदान प्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

आजको दिन सार्वजनिक बिदा पनि हुन्छ । एक आपसमा हर्षोउल्लासका साथ नयाँ बर्ष बनाउनका लागि चाड झै सरकारले यो दिन बिदा दिदै आएको छ ।

विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भन्ने शुभकामना ।

वास्तवमा हामी नेपालीहरुका लागि २०७७ साल अर्थात बितेको बर्ष त्यति धेरै सुखद बन्न सकेन । कोरोनाको महामारी र लकडाउनका कारण मानिसहरुको दैनिकी अस्तब्यस्त नै रह्यो । यो बर्ष त्यो नियती भोग्नु नपरोस भन्ने कामना छ ।

२०७६ चैत ११ गतेदेखि कोरोना भाइरसको नियन्त्रणका लागि गरिएको लकडाउनका बीच शुरु भएको २०७७ ले धेरै पाठ सिकाएको छ । आत्मनिर्भरताका लागि आफै केहि गर्नुपर्छ र जस्तोसुकै नसोचेको बिपद्ुसंग जुध्नका लागि तयारी रहनुपर्छ भन्ने सन्देश दिएको छ । अहिले पनि त्यो त्रास कायमै छ ।

यो बर्ष कोरोना संक्रमणबाट मुक्त बर्ष बनोस । सबैको प्रगती र उन्नतीको बर्ष बनोस् । प्रभावकारी मिडिया प्रा.लि.एवं प्रभावकारी न्यूजको तर्फबाट शुभकामना

विष्णुप्रसाद पोखरेल
अध्यक्ष
प्रभावकारी मिडिया प्रा.लि.